
धादिङ मंसिर २४ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को विभिन्न खेलकुद विधामा धादिङका ८ खेलाडीहरुले प्रतिपर्धा गर्दै ३ स्वर्ण र ३ रजत र ३ कास्य गरी ८ पदक नेपालका लागि जितेका छन् ।
धादिङ सिद्धलेक कालिदह निवासी सोनी गुरुङले ट्रायथलनमा, ज्वालमुखी गाउँपालिका चैनपुर निवासी सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा, त्रिपुरासुन्दरी गाउँपालिका खहरेकी सन्जिला तिमल्सिनाले तेक्वान्दोमा नेपालका लागि स्वर्ण पदक जिते ।
यस्तै बक्सिङमा ज्वालमुखि गाउँपालिकाका आशिष दुवाडीले सुपर हेवी ९१ केजी तर्फ र नेत्रावती डब्जोङ गाउँपालिका थर्पुका गणेश प्रधानले ८१ केजी लाईट हेबी समुहमा र गल्नेछीका लक्ष्मण मल्लले ट्रायथलनमा, नेपालका लागि रजत पदक जितेका छन् ।
त्यसैगरी धादिङ गंगजमुना गाउँपालिकाका ओलम्पियन हरि रिमालले ५ हजार मिटरको दौड, बेसेरीका दिपक अधिकारी र सल्यानटारका पवन श्रेष्ठले कास्य पदक जितेका छन् ।
गंगाजमुना गाउँपालिकाका दिपक श्रेष्ठले बक्सिङमा र ज्वालामुखि गाउँपालिका मैदीका सरण सामारीले भलिबललमा प्रतिपर्धा गरेका थिए तर पदक विहिन बन्न पुगे ।

