
धादिङ मंसिर १९ । धादिङबेसी स्थित निलकण्ठ नगरपालिकाले उत्कृष्ठ १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक भव्य समारोहका बीच सम्मानित गरेको छ ।
१६ औँ महिला स्वयंसेविका दिवसको अवसरमा नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले बिहिबार एक भव्य समारोहका बीच अवकाश प्राप्त ३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु जनही ५० हजार र उत्कृष्ठ ७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रमाणपत्र, दोसल्लाले सम्मान गरेका थिए ।
गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रबद्र्धनमा अहम भूमिका भन्ने मूल नाराका साथ भएको कार्यक्रममा नगर प्रमुख ढुङ्गानाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उच्च सम्मान गर्दैै उनीहरुको निःशुल्क स्वास्थ्य विमा तथा पशुपालन गर्न चाहनेलाई १ लाख बराबरको पशु बिमा समेत गरिदिने घोषणा गरेका थिए ।
धादिङ जिल्लाभर ४ सय ६३ जना महिला स्वास्थ्य स्वयंसेविका रहेकोमा नीलकण्ठ नगरपालिकाभित्र जम्मा ६४ जना महिला स्वास्थ्य स्वयसेविकाहरु रहेका छन् ।

