सागः नेपाल र श्रीलंकाबीचको महिला भलिबल आज साँझ ७ बजे

Avatar photo
Dhadingpost
मंसिर १४, २०७६

धादिङ मंसिर १४ । १३ औं साग अन्तर्गत नेपाली महिला भलिबल टोलीले आज श्रीलंका खेल्ने भएको छ ।

नेपालको पुरुष भलिबल टिम भारत र बंगलादेश सँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरी सकेको अवस्थामा छ भने नेपालले आशा गरेको महिला टिमले आज साँझ ७ बजे हुने सेमि फाईनलमा श्रीलंका खेल्ने भएको हो ।

सेमिफाइनलको पहिलो खेलमा समूह ‘ए’ को विजेता भारत र समूह ‘बी’ को उपविजेता माल्दिभ्सबीच साँझ ५ बजे खेल हुनेछ ।

भारतले प्रतियोगिताको दुवै खेल सोझो सेटमा जित्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो । यता अर्को समूहमा पाकिस्तान सहभागी नहुँदा श्रीलंकाले माल्दिभ्सलाई हराउँदै समूह विजेता बन्न सफल भएको थियो ।