नागढुङ्गा–मुग्लिन सडक छ लेनको बन्दै

Avatar photo
Dhadingpost
कार्तिक ४, २०७६

काठमाडौं कार्तिक ४ । नागढुङ्गा–मुग्लिन सडकखण्ड छ लेनमा विस्तार गरिने भएको छ ।

सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृतिको अन्तिम चरणमा रहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भइनसक्दा थप प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको सडक विभागले जनाएको छ ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले विश्व बैङ्कको सहयोगमा निर्माण गरिने यो सडकखण्डको विस्तार कार्य आगामी जनवरीबाट सुरु गरिने जानकारी दिए । आजको गोरखापत्र दैनिकले समाचार छापेको छ ।

x