क्रिकेटर पारस खड्काद्वारा राजीनामा

Avatar photo
Dhadingpost
अशोज २८, २०७६

काठमाडौं असोज २८ । नेपाली क्रिकेट इतिहासका धरोहर पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् ।

२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी-ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आए पनि निलम्बन फुकुवाको स्वागत गरेका छन् ।