मन्त्रिमण्डल पुनर्गठनको अन्तिम तयारी

Avatar photo
Dhadingpost
अशोज २८, २०७६

काठमाडौं असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने अन्तिम गृहकार्य सुरु गरेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनका विषयमा प्रचण्ड सँग गम्भीर छलफल गरेको बताईएका छन् । प्रधान मन्त्री कार्यालय स्रोतका अनुसार प्रदीप ज्ञवाली र गोकुल बाँस्कोटा बाहेक सबै मन्त्रीहरु रेड जोनुमा छन् ।

प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरूको १८ औं सम्मेलनमा भाग लिन कात्तिक ७ गते अजरबैजान जाँदैछन्, त्यसअघि नै मन्त्रिमण्डल पुनर्गठन गरिसक्ने गरी छलफल अघि बढेको स्रोतको दाबी छ ।