कर चुक्ता प्रमाण पत्र अब अनलाईनबाटै

Avatar photo
Dhadingpost
अशोज २४, २०७६

धादिङ असोज २४ । आन्तरिक राजस्व विभागले व्यवसायी हितका लागि कर चुक्ता प्रमाण लिन कार्यालय सम्म पुग्नु नपर्ने बनाएको छ ।

विभागल कर चुक्ताको प्रमाणपत्र अनलाइन अनलाइन मार्फत लिन सकिने व्यवस्था गर्दै कार्यलय पग्न नपर्ने व्यवस्था गरेको हो ।

पहिलो चरणमा २० लाखसम्मको कारोबार हुने र्फम तथा कम्पनीको लागि अनलाइन मार्फत कर चुक्ताको प्रमाणपत्र लिन सकिने व्यवस्था छौं विभागका महानिर्देशक बिनोद कुँवरले बताउनु भयो ।

आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा पूर्ण लेखापरिक्षण गरेर कर चुक्ताको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । करचुक्ताको प्रमाणपत्र नलिएका कम्पनी तथा फर्मलाई नयाँ ऋण दिने लगायतका सुविधा नपाउने व्यवस्था छ ।