
अमृत तामाङ
धादिङ असोज २० । नेपालले नेदरल्याण्ड्सलाई जित्न अन्तिम ६ बलमा १७ रन चाहिएको थियो । हजारौ लाईभ हेरेर बसेका नेपाली समर्थकलको आशा करन केसीमा समर्पित थियो ।
करन केसीले पहिलो बलमा छक्का, तेस्रोमा चौका तथा पाँचौँ बलमा फेरि छक्कार अन्तिम बलमा १ रन लिँदै नेपाललाई नेदरल्याण्ड्स जित निकालेका थिए ।
पाँच देश सम्मिलित टी-२० क्रिकेट शृङ्खलामा आईतबार हङकङलाई हराएको नेपालले आजको खेलमा खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हराएको छ ।
नेदरल्याण्ड्सले दिएको १३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै भेट्टाएको हो । ब्याटिङतर्फ नेदरल्याण्ड्सका लागि म्याक्स ओुदाउदले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेरमनले २९, एन्टोनस स्टालले २१ र स्कट एडवार्डसले १६ रन बनाएका थिए ।
नेदरल्याण्ड्सलाई १३३ रनमा रोक्न करन केसीले १४ बलमा ३१ रन बनाएका थिए ।

