
धादिङ असोज १९ । ओमानमा जारी ५ राष्ट्र सम्मिलित टि(२० क्रिकेट प्रतियोगितको चौथो खेलमा नेपालले हङकङ विरुद्ध सहज जित निकालेको छ ।
२० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रनको टार्गेट दिएको हङकङको विरुद्ध नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै सहज जित निकालेको हो ।
नेपालको जितका लागि विनोद भण्डारीले ४८ बलमा नटआउट ५४ रन जोडे । उनले ४ चौका र ३ छक्का प्रहार गरे । आरिफ शेखले २१ र सोमपाल कामीले १३ रन जोडे । पहिलो बलमा नै कप्तान पारस खड्कालाई गुमाएको नेपालले ब्याटिङमा खराब सुरुवात गर्यो ।
नेपाललाई विनोद र आरिफको पाँचौ विकेटको साझेदारीले उकासेको थियो । यी दुईले ६२ रनको साझेदारी गरे । शीर्षक्रममा पारस शून्य, पवन सर्राफ १०, दिपेन्द्रसिंह ऐरी ६ र रोहितकुमार पौडेल ५ रनमा आउट भए ।
नेपालका लागि करण केसीले ४ विकेट लिएका थिए । अभिनाश बोहोराले ३ ओभरमा १७ रन खर्चेर १७ रन तथा ललित नारायण राजवंशीले ४ ओभरमा १७ रन मात्र खर्चे ।

