कृष्णबहादुर महरा पक्राउ

Avatar photo
Dhadingpost
अशोज १९, २०७६

धादिङ असोज १९ । यौन दुर्व्यवहारको आरोपित कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी दिए सँगै महरालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।

आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी शुक्रबार प्रहरीमा दर्ता भएको छ।
महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ ।