
काठमाडौं असोज १६ । प्रतिनिधि सभाको सभामुख पदबाट मंगलवार राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् ।
स्रोतका अनुसार अहिले डेराको खोजिमा रहेका महराले सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरि सकेका छने ।
महराको राजीनामा संसद् सचिवालयले बुधवार सूचना पत्रमा प्रकाशित गरेपछि उनी औपचारिक रूपमा पदमुक्त भइसकेको उपउक्त डेराको खोजिमा महरा जुटेका हुन् ।
संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सुझावबमोजिम महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।
महरामाथि आरोप लगाउने रोशनी शाही नामकी ती महिलाले अहिले भने कुरा फेरिसकेकी छन् । महराले आफूलाई कुनै दुर्व्यवहार नगरेको भन्दै उनले प्रहरीमा निवेदन समेत दिइसकेकी छन् ।

