दशैंको पाँचौ दिन आज स्कन्द माताको पूजा गरिँदै

Avatar photo
Dhadingpost
अशोज १६, २०७६

काठमाडौं असोज १५ । नेपालीहरुको महान् पर्व बडा दशैंको आज पाँचौ दिन स्कन्दमाताको पूजाआजा गरेर मनाइदै छ ।

दुर्गा भवानीका नौ रुप मध्ये पाँचौ स्कन्दमाताको हो ।नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको पूँजा गरिएकोमा बिहीबार पाँचौ दिन स्कन्दमाताको पूजा गरिदै छ ।

काठमाडौंको विभिन्न स्थान सँगै ताप्लेजुङको पाथिभरा, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा नवदुर्गा अवधिभर भक्तजनको भीड लाग्ने गर्दछ । दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।