सांसदको तलब भन्दा भत्ता धेरै

Avatar photo
Dhadingpost
अशोज ११, २०७६

काठमाडौं असोज ११ । संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको छ ।

संसद् सचिवालय स्रोतबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भत्ताका विभिन्न शीर्षकमा सांसदहरुको खातामा ३५ करोड ४६ लाख १७ हजार ८२३ रुपैयाँ पुगेको छ, जुन सांसदको एक वर्षमा पाएको तलबभन्दा धेरै हो ।

यो हिसाबअनुसार औषतमा एक जना सांसदले एक आर्थिक वर्षमा ११ लाख ५८ हजार ८८१ रुपैँयाँ भत्ता बुझ्छन् । जबकी उनीहरुको वर्षदिनको औषत तलबका लागि ११ लाख १६ हजार रुपैयाँ खर्च भएको छ । यो हिसावले सांसदले एक महिनामै औसत ९६ हजार ५७३ रुपैयाँ भत्ता बुझ्छन् । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।