कृषि तथा पशु सेवा प्राविधिकहरु आन्दोलित

Avatar photo
Dhadingpost
अशोज ८, २०७६

काठमाडौ असोज ८ । सरकारले करार रहेका ३ हजार कृषि तथा पशु प्राविधिकहरुलाई हटाउने निर्णयको विरोध सुरुभएको छ ।

विरोध स्वरुप देशभरबाट काठमाडौमा जम्मा भएका कृषि तथा पशु प्राविधिकहरुले मंगलबार सत्तारुढलद नेपाल कम्युनिष्ट र नेपाली काङ्ग्रेस केन्द्रिय पार्टी कार्यालय सानेपामा घेराउ गरेका थिए ।

मंगलबार नै अपरान्ह थापाथली देखि माइतीघर मण्डलासम्म र्याली गरेका थिए । ५ असोज देखि आन्दोलनमा उत्रिएका प्राविधिकहरु माग पूरा नभएसम्म राजधानी नछाड्ने अडान लिदै आएका छन् ।

x