दशैंभर सार्वजनिक यातायातमा रुट पर्मिट खारेज

Avatar photo
Dhadingpost
अशोज ८, २०७६

धादिङ असोज ८ । सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ ।

अब सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान दशैंको पहिलो दिन घटस्थापना अर्थात १२ असोजदेखि लागू हुने गरी सरकारले कुनै रुट पर्मिट लिन नपर्ने गरि सरकारले रुट खारेज गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै दसैंको लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउने उद्देश्यले १२ असोज देखि १९ गतेसम्म रुट परमिट खुल्ला गरेको जनाएको छ ।

x