झार्लाङको शिङगलादेवीमा म्युजिकल चेयर खेल

Avatar photo
Dhadingpost
भदौ १३, २०७६

सन्दिप स्याम्चेन तामाङ
धादिङ भाद्र १३ ।
उत्तरी धादिङको खनियाबास १ झार्लाङमा रहेको श्री शिङगला देवी मा.वि. मा आधारभुत तह स्तरीय म्युजिकल चेयर खेल सम्पन्न भएको छ ।

कक्षा १(५ सम्माका गरि जम्मा २६ जना विध्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा कक्षा २ र ३ खेलमा सुरेश तामाङ प्रथम, अर्पन तामाङ दोस्रो सरिता बि.क. सान्तोना भए ।

यस्तै कक्षा ४ र ५ को खेलमा प्रबिन तामाङ प्रथम, मनकुमारी तामाङ दोस्रो, सुनिता तामाङ सन्तोना भएका थिए, विजयी बिध्यार्थीहरुलाई कापी कलम र शैक्षिक समाग्रीद्वरा प्रधानाध्यापक बिमल लामा लोप्चनले पुरस्कर प्रदान गरेका थिए ।
धादिङपोष्टका लागि तस्वीरः सन्दिप स्याम्चेन तामाङ