
धादिङ साउन १३ । गजुरी गाउँपालिका वडा नं -६ दरियाल खोलामा अवैध एक्साभेटर प्रयोग गरि बालुवा निकाल्ने विरुद्ध कार्वाहीको माग गर्दै स्थानीयहरुले जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यालयमा पत्र बुझाएका छन् ।
शुक्रबार दरियाल खोलामा बालुवा झिकी रहेको एक्साभेटर र चालक प्रहरीले पक्राउ गरे पनि धरौटी बुझाई छाडीएको थियो ।
आईतबार भने दिउँसै जनप्रतिनीधिले नै एक्साभेटर प्रयोग गरि बालुवा निकाल्न थाले पछि स्थानियहरुले नै एक्साभेटरको चावी खोसेर प्रहरीलाई बुझाएका थिए ।
मापदण्ड भन्दा बाहिर गएर बालुवा उत्खन गर्ने माथि कार्वाहीको माग गर्दै आएका दरियाल खोलामा आसपासका स्थानीयहरुले जिल्लाका तीन सरकारी अड्डामा बुझाएको पत्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत बाधार्थ पठाएका छन् ।
खोलामा बालुवा निकाल्दै गरेको एक्साभेटर स्थानीयको नियन्त्रणमा
प्रहरीले नियन्त्रणमा एक्साभेटर
पत्र जस्ताको तस्तै


