
धादिङ साउन २ । धादिङको ज्वालामुखी गाउँपालिकाले सालबास स्वास्थ्य चौकी चैनपुरका प्रमुख भरत गुरुङलाई सम्मानित गरेको छ ।
ज्वालामूखी गाउँपालिका स्वास्थ्य शाखा अन्तरगत सालबास स्वास्थ्य चौकीका प्रमुख गुरूङलाई गाउँपालिकाको तेस्रो गाउँसभाको नीति तथा कार्यक्रम र वजेट सार्वजनिकीकरण समारोहमा उत्कृष्ट कार्यसम्पादन गरेको मुल्याङ्कन गर्दै सम्मानित गरेको हो ।
ज्वालामूखी गाउँपालिकाको समग्र स्वास्थ्य सेवाको पहुँच र स्वास्थ्य गुणस्तर बढाउन आर्थिक वर्ष २०७५-७६ मा उत्कृष्ट कार्यसम्पादन गर्दै आफ्नो महत्वपूर्ण जीम्मेवारी कुशलता पूर्वक निभाएकोले सम्मानित गरिएको गाउँपालिका प्रमुख विनोद तिमल्सिनाले धादिङपोष्टलाई बताए ।
