
विकास भण्डारी
धादिङ असार १४ । त्रिभुवन राजपथ अन्तरगत धादिङको नौबिसेबाट ५ किमि माथि रहेको थाँक्रे गाउँपालिका ८ मा पर्ने अर्चले खोलापुलको आवस्था जिर्ण बनेको खवर धादिङपोष्टले प्रकाशित गरे सँगै फलामको पाता ल्याएर पुलटाल्ने काम भएको थियो ।
अहिले त्यो फलामको पाता समेत प्वाल परेर पुलको अवस्था पुनः धराप परेको छ ।
दैनिक सयौं गाडी आवत जावत गर्ने त्रिभुवन राजपथको यो पुल पुरै चिरा पर्दा पनि न सडक विभाग न जनप्रतिनीधिहरुको ध्यान गएको देखिन्छ ।
सानो गाडीहरु र मोटर साईकल कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने खतरा बारे बारे स्थानियले वर्डा कार्यालय, धुनीबेसी नगरपालिका र सडक विभाग सबै ठाउँमा जानकारी गराई सकेका छन् तर सरोकारवाला निकायहरुले उक्त पुल मर्मतको लागि कुनै पहल गरेको देखिँदैन ।
कति खेर केहुने हो, केही थाहा छैन ठुला गाडीको चक्का नै छिर्ने अवस्था छ र सबै भन्दा जोखिम मोटर साइकल त झन बिचार नगरे पुरै छिर्ने अबस्था छ यदि बाइक त्याहा पर्यो भने मान्छे खोला मा झर्ने र भयानक दुर्घटना हुने जोखिम हुँदा समेत सरोकारवाला निकायहरु मौन छन् ।

