एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुने

Avatar photo
Dhadingpost
असार १२, २०७६

काठमाडौं असार १२ । एसईई परीक्षाको नतिजा आज प्रकाशित हुँदैछ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ ।’ सामान्यतया बोर्ड बैठक लगत्तै नतिजा सार्वजनिक गर्ने चलन रहिआएको छ ।

प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन अघिल्लो वर्षको तुलनामा यस पटक केही ढिला हुन लागेको हो ।

गत चैत १० गतेबाट सुरु २०७५ सालको एसईई परीक्षा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।