
न्युजिल्याण्ड असार ११ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NZ NCC) न्युजिल्याण्डको २०१९-२०२१ निर्वाचनमा धादिङ साङ्कोसका रमेश सापकोटाले सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
गैर आवासीय नेपाली सघं न्युजिल्याण्डको नयाँ नेतृत्वका लागि हुन गइरहेको आसन्न निर्वाचनमा धादिङका सापकोटाले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
गैरआवासीय नेपाली सघं न्युजिल्याण्डको अहिलेको कार्य समितिका सदस्य समेत रहेका सापकोटाले २०, २०१९ अर्थात साउन ४ गते शनिबार नयाँ कार्य समिति गठन हुने निर्वाचनका लागि सचिव पदमा उम्मेदवारीको घोषणा गर्दै आफुलाई मतदान गर्न न्युजिल्याण्डमा रहेका नेपालीहरुलाई आग्रह गरे ।
विगत ५ वर्ष देखि न्युजिल्याण्ड रहेर नेपालमा निरन्तर सामाजिक सेवामा सक्रिय सहभागिता जनाउँदै आएकाा सापकोटाले NRNA को महत्वलाई सबै माझ पस्केर, अफ्ट्यारो स्थितिमा सबै नेपाली अनि आफ्नो भुमिलाई सेवा गर्न रचनात्मक भुमिका निर्वाह गर्ने अठोटको साथ, NRNA NZ NCC मा उमेद्वारी दिएको धादिङपोष्टलाई बताए ।


