नीलकण्ठको वजेट (पूर्ण पाठ)

Avatar photo
Dhadingpost
असार १०, २०७६

नीलकण्ठ नगरपालिकाको उप प्रमूख मनराज भण्डारीबाट मिति २०७६/०३/१० गते नगरसभामा प्रस्तुत वजेट तथा कार्यक्रम

नीलकण्ठ नगरपालिकाका नगर प्रमूख ज्यू , प्रमुख प्रशासकीय अधिकृत ज्यू , नगर कार्यपालिका सदस्य ज्यूहरु, नगर सभाका सदस्य ज्यूहरु, कर्मचारी तथा उपस्थित अन्य व्यक्तित्वहरु !
सर्वप्रथम त आज नीलकण्ठ नगरपालिकाको पाँचौ नगर सभामा आर्थिक वर्ष २०७६/२०७७ को वजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाँउदा आफूलाई गौरवान्वित ठानेको छु ।

सभाका अध्यक्ष ज्यू ,
लामो संघर्ष पछि नेपाली जनताको चाहाना अनुरुप संघीय स्वरुपको वर्तमान राज्य व्यवस्थाको स्थापनार्थ जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनका क्रममा जिवन उत्र्सग गर्नु हुने सहिदहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहान्छु । राजनीतिक परिवर्तनको दौरानमा जनआन्दोलन, जनयुद्ध र लोकतान्त्रिक आन्दोलनको विभिन्न चरणका सम्पूर्ण घाइते, वेपता, एवं पिडित परिवार र व्यक्तिहरु प्रति सम्मान व्यक्त गर्दछु ।

संविधानमा उल्लेखित राज्यको निर्देशक सिद्धान्त, संघीय आर्थिक नीति, प्रदेश सरकारको नीति, दिगो विकासका लक्ष्य तथा नगरवासीको माग, विषयगत क्षेत्र, विज्ञ तथा सरोकारवाला संस्थाहरुको सुझाव र उपलव्ध सिमित साधन श्रोतको आधारमा यो बजेट तयार पारिएको छ ।

जनचाहनालाई संवोधन गर्ने क्रममा सिमित वजेट वाट असिमित मागहरु सम्वोधन गर्नु अवस्य पनि सहज विषय हैन तथापी नगरपालिकाको वर्तमान आवश्यकता र दीर्घकालिन सोचका साथ भरसक ठुला, दिगो विकासमा टेवा पुग्ने र नगरवासीहरुको जीवनस्तरमा प्रत्यक्ष सरोकार राख्ने प्रकृतिका योजनाहरुलाई प्राथमिकतामा राखि वजेट विनियाजन गर्ने प्रयास गरेको छु ।

सभाका अध्यक्ष ज्यू ,
आगामी आर्थिक वर्षको वजेट तर्जुमा गर्दा मैले निम्न दस्तावेजहरुलाई आधारको रुपमा लिएको छु ।
१ नेपालको सविधान
२ स्थानीय सरकार संचालन ऐन, २०७४
३ राष्ट्रिय पाकृतिक श्रोत तथा वित्त आयोग ऐन, २०७४
४ अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
५ संघीय र प्रदेश सरकारले जारी गरेको नीति, कानुन र मापदण्डहरु
६ स्थानीय तह वजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा हस्तान्तरण सम्बन्धी निर्देशिका २०७४
७ संघीय तथा प्रदेश सरकारका आवधिक विकास योजनाहरु
८ नगरपालिकाको आन्तरिक श्रोत साधन
९ वडा कार्यालयहरुबाट प्राथमिकता निर्धारण भै आएका योजना तथा कार्यक्रमहरु
१० नगरपालिकाद्वारा आयोेजित अन्र्तक्रिया, छलफलवाट प्राप्त सुझावहरु
११ संघ र प्रदेश सरकारले अवलम्वन गरेका आर्थिक नीतिहरु
१२ विभिन्न साझेदार संस्थाहरुसँग भएका सहर्कायको प्रतिवद्धता आदि ।

आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासनको प्रत्याभुति विकासमा दिगोपन लगायतका क्षेत्रमा रहेको थुप्रै चुनौतिहरुलाई सम्बोधन गर्ने क्रममा प्राप्त मार्गदर्शनहरुलाई संघीय र प्रदेश सरकारका कार्यक्रमसँग समन्वय गरी साझेदार संस्थाहरु सँगको सहकार्यलाई समेत अगाडी बढाउने गरी वजेट तयार गरेको छु ।

सभाका अध्यक्ष ज्यू,
उद्धेश्य

  • नगरको गुरुयोजना वमोजिम भौतिक पूर्वाधारको विकास गर्ने ।
  • दिगो विकासका लक्ष्य पूरा गर्ने ।
  • रोजगारी, उत्पादन र उत्पादकत्ववृद्धि गर्ने ।
  • उपलव्ध श्रोत र साधनको सन्तुलित र न्यायोचित वितरण गर्ने ।
  • शिक्षा, स्वास्थ्य तथा सामाजिक कल्याणमा नगरपालिकाको भूमिका वढाउने ।
  • सुशासनको प्रत्याभुति गराउने ।

प्राथमिकता

  • दीगो र वातावरण मैत्री सडक स्तरोन्नतीको कार्य सम्पन्न गर्ने ।
  • खानेपानीको पहँुच विस्तार गरी तिर्खा मुक्त नगर वनाउने ।
  • उद्यमसीलताको अभिवृद्धि गरी स्वरोजगार सृजना तथा उपलव्ध श्रोत र साधनको उच्चतम प्रयोग गरी रोजगारी र उत्पादनमा वृद्धि गरी आर्थिक विकास गर्ने ।
  • कृषिमा व्यावसायीकरण, औधोगिकिकरण गर्न सरकारी, सहकारी र नीजि क्षेत्रको सहकार्यमा जोड दिने ।
  • आन्तरिक तथा वाह्य पर्यटकको आर्कषक गन्तव्य वनाउनुका साथै स्थानीय उत्पादनको प्रयोग तथा अर्गानिक उत्पादनमा जोड दिने ।

शिक्षा , स्वास्थ्य, स्वच्छ वातावरण जस्ता क्षेत्रमा नगरवासीको सरल पहँुच पु–याउने ।

अव म चालू आर्थिक वर्षको वजेटको समीक्षा र संशोधित अनुमान पेश गर्दछु । चालू आ. व. २०७५/०७६ मा कुल वजेट रु ९९ करोड ४० लाख विनियोजन गरिएकोमा चालू तर्फको रु छैंसठ्ठी करोड अठार लाख एकचालिस हजार वनियोजन मध्ये रु वैसठ्ठी करोड असी लाख तेईस हजार खर्च हुने अनुमान गरेको छु । जुन कुल चालु वजेटको ९४ प्रतिशत हो । यसै गरी पूजिगत तर्फ रु तेत्तिस करोड एक्काईस लाख अन्ठाउन्न हजार विनियोजन गरिएकोमा रु तीस करोड उनान्साठी लाख छ्यहत्तर हजार खर्च हुने अनुमान गरेको छु जुन कुल पूजिंगत वजेटको ९२ प्रतिशत हुन आँउछ ।

चालु आ. व. ०७५/०७६ मा विनियोजित वजेट मध्ये खर्च नभई मौज्दात रहने रकम रु ९ करोड ९७ लाख ४१ हजार लाई आगामी आ.व. को श्रोत अनुमानमा समावेश गरेको छु । राजश्व परामर्श समितिको सिफारीस, श्रोत तथा वजेट सीमा निर्धारण समितिको सिफारिस र वजेट तथा कार्यक्रम तर्जुमा समितिको सिफारिसको आधारमा आगामी आर्थिक वर्ष ०७६÷०७७ को लागि आय र व्ययको अनुमान प्रस्तुत गरेको छु । आ.व.२०७६/०७७ का लागि आय तर्फ निम्नानुसार श्रोत अनुमान गरेको छु ।

आय
रकम रु.
वित्तिय समानिकरण – संघ २३,७२,००,०००
वित्तिय समानिकरण – प्रदेश १,०८,४२,०००
सर्शत – संघ ३०,१६,००,०००
सर्शत – प्रदेश २८,९२,०००
आन्तरिक आय ३,५०,००,०००
आन्तरिक आय –मौज्दात ९९७४१०००
राजश्व बाँडफाँट – संघ १३,२२,००,०००
राजश्व बाँडफाँट – प्रदेश ४,८८,७५,०००
सर्शत – सामाजिक सुरक्षा १८,८२,५०,०००
सर्शत – स्थानीय पुर्वाधार १,२४,५०,०००
सर्शत – एल जि सि डि पी ५,५०,०००
सर्शत – सडक बोर्ड ८५,०००००
सर्शत – पर्यटन बोर्ड ३०,००,०००
जम्मा आय १,०८,११,००,०००

आर्थिक वर्ष .२०७६/०७७ को कुल वजेट रु एक अर्व आठ करोड ११ लाख श्रोत अनुमानबाट चालु, र पूँजिगत क्षेत्रगत खर्चको विवरण प्रस्तुत गर्न चाहन्छु । आगामी आ.व.०७६/०७७ मा चालु खर्च तर्फ रु.७६ करोड ११ लाख ४६ हजार तथा पुँजिगत खर्च तर्फ रु.३१ करोड ९९ लाख ५४ हजार रकम विनियोजन गरेको छु ।

यस आ. व. मा सडक तथा खानेपानी लाई प्रमुख प्राथमिकतामा राखेको छु । जसमा सडक तर्फ रु.१० करोड ८० लाख तथा खानेपानी तर्फ रु ७ करोड विनियोजन गरेको छु ।

लक्षित बर्गको हितका लागि पुर्वाधार विकास तर्फ दलित छात्रावासका निर्माणका लागि आवश्यक रकम रु.३४ लाख विनियोजन गरेको छु ।

नेपाल सरकार वा अन्य विकास साझेदार संघ संस्थाबाट साझेदारीमा विकास निर्माणको कार्य गर्ने प्रस्ताव प्राप्त भएमा यस कोषबाट रकम खर्च गर्ने गरी समपुरक कोषमा रु १ करोड विनियोजन गरेको छु ।

कृषि र पशुपालन व्यवसायको बिमा, सेवा प्रवाह तथा विस्तार एवं प्रवर्धनका लागि आवश्यक रकम विनियोजन गरेको छु । सवै क्षेत्रको सन्तुलित विकास होस् भन्ने हेतुले शिक्षा, खानेपानी स्वास्थ्य तथा सरसफाई, खेलकूद, संस्कृति, पर्यटन लगाएतका सवै क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको छु ।
समाजमा उपेक्षित र उत्पीडित अवस्थामा रहेका तथा लक्षित वर्गहरु महिला, बालबालिका, दलित, आदिबासी जनजाति, मुश्लिम, जेष्ठ नागरिक, अपाङ्ग लगाएतका वर्गहरुको सशक्तिकरण र विकासका लागि रकम विनियोजन गरेको छु ।
जनताको प्रत्यक्ष सरोकारसंग सम्वन्ध राख्ने सेवा प्रवाहलाई छिटो, छरितो ,चुस्त, दुरुस्त र प्रभावकारी बनाउन संस्थागत क्षमता विकास गर्न बजेट विनियोजन गरेको छु । यस्तै गरी कार्य सम्पादनमा प्रभावकारीता ल्याउन पदाधिकारीहरु तथा कर्मचारीहरुको क्षमता विकास संग संवन्धित कार्यक्रमका लागि पनि रकम विनियोजन गरेको छु ।
यस आ व देखि बालविकास सहयोगी कार्यकर्ता इसिडि शिक्षक का लागि प्रति महिना रु.२०००।– का दरले दिने ब्यवस्था गरिको छु । साथै स्वास्थ्य स्वयं सेविकाहरुलाइ प्रोत्साहन भत्ता बापत मासिक रु.१०००।– का दरले दिने ब्यवस्था गरेको छु । जसको लागि आवश्यक रकम विनियोजन गरेको छु । पहेँलो परिचयपत्र प्राप्त अपांगता भएका व्यक्तिहरुका लागि वार्षिक भत्ता दिने व्यवस्था मिलाएको छु ।
आन्तरिक श्रोत परिचालन क्षमताको विकासबाट श्रोत साधनको बृद्धि गर्न राजस्व संकलनका लागि विभिन्न सरकारी गैह्रसरकारी संघ संस्था लगायतसंग सहयोग लिई तथा सहकार्य गरी राजस्व संकलनलाई प्रभाव बनाई श्रोतको अभाव हुन नदिन करदाता शिक्षा, करदाता सम्मान लगाएतका विभिन्न कार्यक्रमहरु संचालनको लागि वजेट विनियोजन गरेको छु ।

सभाका अध्यक्ष ज्यू,
क्षेत्रगत रुपमा बजेटको विनियोजन प्रस्तुत गर्दछु ।
१. आर्थिक विकासको क्षेत्रमा रु दुइ करोड एकतिस लाख बाह्र हजार विनियोजन गरेको छु जुन कुल बजेटको २.१४ प्रतिशत हुन आउछ ।
२. सामाजिक विकासको क्षेत्रमा रु पचास करोड चालिस लाख चौरासी हजार विनियोजन गरेको छु जुन कुल बजेटको ४६ं.६३ प्रतिशत हुन आउछ ।
३. पुर्वाधार विकासमा रु एकतिस करोड एकचालिस लाख छयानन्बे हजार विनियोजन गरेको छु जुन कुल बजेटको २९.०६ प्रतिशत हुन आउछ ।
४. वातावरण तथा विपद् व्यवस्थापनमा रु एक करोड तीस लाख विनियोजन गरेको छु जुन कुल बजेटको १.२० प्रतिशत हुन आउछ ।
५. संस्थागत विकास तथा सेवा प्रवाहमा रु एकाउन्न लाख विनियोजन गरेको छु जुन कुल बजेटको ०.४७ प्रतिशत हुन आउछ ।
६. वित्तीय व्यवस्थापन र सुशासनको क्षेत्रमा रु बाइस लाख विनियोजन गरेको छु जुन कुल बजेटको ०.२ प्रतिशत हुन आउछ ।
७. कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चको लागि एक्काइस करोड छत्तीस लाख पचास हजार विनियोजन गरेको छु ।
८. कार्यालयको स्थिर सम्पत्ती प्रप्तिमा रु सन्ताउन्न लाख अन्ठाउन्न हजार विनियोजन गरेको छु ।
अन्तमा,
चालू आर्थिक वर्ष ०७५/०७६ मा प्रक्षेपण गरिएको आन्तरिक राजश्व लक्ष्य अनुसार संकलन गर्न सकिएन । चालू आर्थिक वर्षमा कर तिर्न अनिवार्य र स्वस्र्फूत कर तिर्न आउने वातावरण सृजना गर्ने कुरामा विशेष ध्यान दिइने छ । चालू आ.व.मा तोकिएको करका दायरामा सामान्य फेर वदल गरिएको र शहर उन्मुख हुँदै गैरहेको ग्रामिण इलाका समेत करको दायरामा ल्याउनु पर्छ भन्ने मान्यताका लागि आगामी आ.व. देखि सामान्य कर लगाउने प्रस्ताव गरेको छु ।

विगतका कर छुट दिइदै आएका अपाङ्गता र विपदको सिफारिस तथा सर्ने कडा रोगको स्वास्थ्य उपचार सिफारिसमा दिइएको छुट आगामी वर्षमा पनि निरन्तरता दिईने छ । यसमा एकल महिला र विपन्नताको सिफारिस पनि छुट दिने प्रस्ताव गरेको छु । नगरको सम्रग विकासको लागि नगरवासीहरुको प्रयासवाट मात्र सम्भव रहने भएकोले प्रस्तावित कर समयमै असुल हुने अपेक्षा राखेको छु ।

आजको यस गरीमामय नगर सभामा प्रस्तुत गरिएको नीति र्कायक्रम तथा विनियोजित वजेटबाट नीलकण्ठ नगरपालिकाको भौतिक पूर्वाधार, आर्थिक तथा सामाजिक क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने विश्वास लिएको छु । प्रस्तुत वजेट तथा कायक्रम तर्जुमा गर्न सहयोग पु–याउनु हुने नगरपालिकाका आदरणीय नगर प्रमुखज्यू, वडा अध्यक्ष लगायतका सम्पूर्ण पदाधिकारी, नगर सभाका सदस्य, कर्मचारी, राजतीतिक दलका प्रतिनीधि, सञ्चारकर्मी, उद्योग वाणिज्य संघ, टोल सुधार महासंघ, नागरिक समाज लगायत वजेट तर्जुमा प्रक्रियामा प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग पु–याउनु हुने सम्र्पूण नगरवासीहरुलाई धन्यवाद दिन चाहान्छु ।
प्रस्तावित नीति तथा कार्यक्रम र वजेट पारित गराई प्रभावकारी कार्यान्वयनमा सबैको सहयोग हुनेछ भन्ने विश्वासका साथ स्वकृतिका लागि प्रस्तुत गरेको छु ।
धन्यवाद !

5000
लघु उद्यम 9000
कृषि (वीमा समेत) 5512
वित्तिय क्षेत्र 0
सामाजिक विकास 504084 46.63
बिबिध 0
लक्षित समुह कार्यक्रम 8000
लैंगिक समानता तथा सामाजिक समावेशीकरण 1600
सञ्चार क्षेत्र प्रवर्द्धन 500
संस्कृति प्रवर्द्धन 500
स्वास्थ्य 37304
युवा रोजगार 4724
खेलकुद 3400
शिक्षा तथा अनुदान 259806
सामाजिक सुरक्षा 188250
पूर्वाधार विकास 314196 29.06
समपुरक कोष 10000
कभर्डहल पुर्वाधार 0
पार्क निर्माण 10000
डिपिआर 2000
सिसिटिभि 3000
कोरिडोर निर्माण 10000
सुचना प्रविधि 4000
उर्जा 1146
मर्मत संभार कोष 14000
१० झोलुङ्गे पुल 1000
११ बिधुत संरचना निर्माण- पोल खरिद 5000
१२ अन्य सार्वजनिक निर्माण 42000
१२ अन्य सार्वजनिक पुर्वाधार सशर्त 23950
१३ सडक ग्राभेल तथा स्लाप ढलान 12500
१४ सडक तथा पुल चक्रपथ समेत 85500
१५ खानेपानी संरचना निर्माण 70000
१६ शैक्षिक पुर्वाधार 4200
१५ थोपलखोला  जलासययुक्त जलविद्युत संभाब्यता अध्ययन 3500
१६ लक्षित वर्ग पुर्वाधार 3400
१७ भैपरी आउने पुँजिगत 9000
वातावरण तथा विपद व्यवस्थापन 13000 1.20
बिबिध 0
विपद व्यवस्थापन 1500
ल्याण्ड फिल्ड व्यवस्थापन 8000
 भु तथा जलाधार संरक्षण 1500
वारुण यन्त्र सञ्चालन 1000
ग्रामिण तथा नविकरणिय उर्जा 0
वन तथा वातावरण 0
वन तथा भु-संरक्षण 1000
संस्थागत विकास तथा सेवा प्रवाह 5100 0.47
बिबिध- परामर्श सेवा 0
संस्थागत पुर्वाधार 2000
सुरक्षा ब्यवस्थापन 300
संस्थागत क्षमता विकास तथा सुशासन प्रवर्द्धन 500
खुला सरकार प्रवर्ध्दन 500
पंजिकरण ब्यवस्थापन 200
अभिलेख ब्यवस्थापन 500
अध्ययन अवलोकन भ्रमण 800
मानव संसाधन विकास 300
वित्तीय व्यवस्थापन र सुशासन 2200 0.20
सार्वजनिक सुनुवाई 400
लेखा तथा राजश्व ब्यवस्थापन 500
सामाजिक परिक्षण/सचेतना अभिबृद्धी 300
लेखा परीक्षण तथा बेरुजु न्युनिकरण 400
उपभोक्ता समिति अभिमुखिकरण 400
वित्तीय अनुशासन तथा जोखिम न्यूनीकरण 200
कार्यालय सञ्चालन तथा प्रशासनिक 213650 19.76
पारिश्रमिक / सुविधा 203100
कर्मचारीको सामाजिक सुरक्षा खर्च
सेवा महसुल
पूँजीगत सम्पत्तिको संचालन र सम्भार खर्च
कार्यालय सामान तथा सेवाहरु
सेवा तथा परामर्श खर्च
कार्यक्रम सम्वन्धी खर्चहरू
अनुगमन,मूल्यांकन र भ्रमण खर्च
विविध खर्च
१० सामाजिक सुरक्षा
११ सामाजिक सहायता
१२ सम्पत्ति सम्वन्धी खर्च
१३ भैपरी आउने चालु खर्च 10000
१४ कार्यक्रम सम्वन्धी खर्चहरू एलजिसिडिपी 550
कार्यालयको स्थिर सम्पत्ती प्राप्ती 5758 0.53
पुजिगत  सम्पत्ति प्राप्ति खर्च 5758
कुल क्षेत्रगत जम्मा बजेट 1081100
चालु खर्च 761146 70.40
पुजिगत खर्च 319954 29.60
कुल जम्मा खर्च अनुमान 1081100 100.00

 

 

विनियोजन ऐन २०७६

नीलकण्ठ नगरपालिका, धादिंगको आर्थिक बर्ष २०७६/७७ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभाबाट स्वीकृत मिति : २०७६/०३/१०

प्रस्तावना : नीलकण्ठ नगरपालिका, धादिंगको आर्थिक बर्ष २०७६/७७ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप–धारा (२) बमोजिम नीलकण्ठ नगरपालिका, धादिंगको नगर सभाले यो ऐन बनाएको छ ।

१.संक्षिप्त नाम र प्रारम्भ :

(१) यस ऐनको नाम “नीलकण्ठ नगरपालिका, धादिंगको विनियोजन ऐन, २०७६” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२.आर्थिक वर्ष २०७६/७७ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार :

(१)आर्थिक वर्ष २०७६/७७को निमित्त नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र बित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम 1,0८,११,00,000।– (एक अरव आठ करोड एघार लाख मात्र | ) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन :(१) यस ऐनद्धारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७६/७७को निमित्त नीलकण्ठ नगरपालिका, धादिंगको नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमारकम सार्न तथा निकासा र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र बित्तीय व्यवस्था अ न्तर्गत साँवा भुक्तानी खर्चतर्फ बिनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एकभन्दा बढीशीर्षकहरुमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।