
धादिङ असार ५ । धादिङको गल्छी गाउँपालिका वडा नं. ६ बाँझगाउँमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटना मृत्यू भएको छ ।
कार्की गाउँबाट बैरेनी तर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको बोलेरो जिप अनियन्त्रित हुँदा बाँझगाउँमा भएको दुर्घटनामा गल्छी गाउँपालिका ४ बस्ने अन्दाजी वर्ष ३२ का राजु कडेल, अन्दाजी वर्ष ३२ को सेतु, मिजार, अन्दाजी वर्ष ३० की कान्छी भुजेल र अन्दाजी २५ वर्ष की नानु तामाङको मृत्यू भएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिनको १२ बजे भएको उक्त दुर्घटनामा परि ११ जना घाईते भएका छन् । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँ पठाईएको छ । तरकारी बोकेर बैरेनीतर्फ जाँदै गरेको जीप माथिल्लो सडकबाट पल्टेर तल्लो सडक सम्म आईपुगेको थियो ।

