धुँवाकोटमा बोलेरो जिप दुर्घटना १ को मृत्यू ३ घाईते

Avatar photo
Dhadingpost
असार ५, २०७६

धादिङ असार ५ । धादिङबेसीबाट सेमजोङ जाँदै गरेको बोलेरो जिप नीलकण्ठ नगरपालिका १४ धुँवाकोट स्थित सेउलीमा दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ भने ३ जना घाईते भएका छन् ।

१५ जना चढेको ग १ ज ६०२१ नम्बरको बोलेरो जिप भिरालो सडकमा ब्रेक फेल भई दुर्घटना हुँदा नीलकण्ठ ३ सिम्ले गैरी बस्ने बर्ष ३८ का सेरबहादुर लामाको मृत्यू भएको प्रहरीले जानकारी दिएको हो । घाइते हुनेमा मृतक सेरबहादुर लामाकी श्रीमती कान्छी लामा, नेत्रावती डब्जोङ गाउँपालिका २ बस्ने नर बहादुर तामाङ, उनकी श्रीमती नीरमाया तामाङ छन् ।

घाईते मध्य कान्छी तामाङलाई जिल्ला अस्पतालले काठमाडौ रिफर गरेको छ । बोलेरो जिप चालक र सहचालनकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।