धादिङ स्वास्थ्य समाजको क्यालेण्डर विमोचन

Avatar photo
Dhadingpost
बैशाख ७, २०७६

धादिङ बैशाख ७ । धादिङमा जन्मिएर नेपालको स्वास्थ्य क्षेत्रमा कृयाशिल चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मीहरुको साझा चौतारीको रुपमा स्थापित धादिङ स्वास्थ्य समाजले प्रकाशन गरेको क्यालेण्डर विमोचन गरेको छ ।

नव वर्ष ०७६को अवसरमा शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा धादिङ स्वास्थ्य समाजका संरक्षक तथा पुर्व स्वास्थ्य सचिव डा. तीर्थराज बुर्लाकोटीको प्रमुख आतिथ्यता रहेको थियो ।

धादिङ स्वास्थ्य समाजका अध्यक्ष निराजन कडेलको सभापतित्वमा समपन्न सो कार्यक्रममा महासचिव डा. राम थापा क्षेत्रीले स्वागत मन्तब्य राख्दै संस्थाको तर्फबाट शुभकामना व्यक्त गरेका थिए ।

महासचिव डा. क्षेत्रीले धादिङ स्वास्थ्य समाज समग्र जिल्लाका साथै नेपालको स्वास्थ्य क्षेत्रको ब्रिहत्तर हितको निम्ती सदैव क्रियाशिल रहेको र आगामी दिनमा पनि अझ राम्रा कार्यक्रमको साथ जनतामाझ जाने कुरा बताएका थिए ।

२०७२ सालको महाभुकम्पमा घाइतेहरुको ब्यवस्थापनमा धादिङ जिल्ला उत्कृष्ट घोषित भएको थियो । साथै सो विपत्तिमा उल्लेखनीय मानवीय सेवा पुर्याए वापत गत बैशाख १ गते डा. राम थापा क्षेत्रीलाई राष्ट्रपतिद्वारा प्रबल जनसेवा श्री पदवीबाट विभुसित गरिएको थियो ।