धादिङको खनियाबासमा ठुलो असिना पानी क्षेतिको विवरण आउन बाँकी

Avatar photo
Dhadingpost
बैशाख ६, २०७६

धादिङ बैशाख ६ । धादिङको खनियाबास गाउँपालिका अन्तरगत दार्खा सत्यदेविमा शुक्रबार दिनको ४ः३० देखि ५ः३० बजे सम्म असिना पानी परेको छ ।

खनियाँबासबाट धादिङपोष्ट सँग कुरा गर्दै दुर्गाशाही ठकुरीले भने यति धेरैबेर यति ठुलो असीना पानी परेको मैने आज सम्म अनुभव गरेको थिईन ।

ठकुरीले असिना पानी रोकिना साथ धादिङपोष्टलाई भने खनियाबास क्षेत्रमा स्थानियले लगायको ओखरका विरुवाको डाँठ मात्र छ, गाउँपालिकाले कृषिमा ठुलो लगानी गरेको यस क्षेत्रमा कृषकले लगाएका फलफुल, अन्नबाली पूर्ण रुपमा क्षेति पुर्याको छ ।

क्षेतिको विवरण आउन बाँकी रहेको बताउँदै, स्थानीहरुलाई उधृत गर्दै उनले भने, दार्खा सत्यदेविमा अहिले सम्म यति लामो समय अति ठुलो असिना पानी परेको जानकारी थिएन । फाेटाे: दुर्गाशाही ठकुरी