क्यान्सर पिडित १३ वर्षिय लोकेन्द्र गुरुङलाई सहयोग

Avatar photo
Dhadingpost
चैत्र १६, २०७५

धादिङ चैत्र १६ । धादिङ गंगाजमुना गाउँपालिका गुम्दी चिमचोक निवासी क्यान्सर पिडित १३ वर्षिय लोकेन्द्र गुरुङलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

रोजगारीको शिलशिलामा दक्षिण कोरियामा कार्यरत धादिङ गुम्दीबासी लगायत अन्य स्थानियहरुको पहलमा संकलन भएको ९४००० हजार क्यान्सर पिडित १३ वर्षिय बालक लोकेन्द्र गुरुङलाई गुम्दी कल्याणकारी समाज मार्फत हस्तान्तरण गरिएको सन्तोष गुरुङले बताए ।

गुम्दी चिम्चोकका राजकुमारि गुरुङको १३ वर्षिय छोरा लोकेन्द्र गुरुङ विगत केहि महिना देखि आर्थिक अभावमा उपचार गराउन नसकि रहेको भन्ने आएकोले आर्थिक संकलन सुरुवात गरेका हौं ।

यो अभियान जारी रहेको बताउँदै गुरुङले धादिङपोष्टलाई जानकारी गराउँदै भने अहिले कोरियाबाट आएको रु.८६००० गुम्दी कल्याणकारी समाजबाट रु.५००५ जानकी सिमखडा रु.३००० प्राप्त रकम हस्तान्तरण गरिएको हो ।