
धादिङ माघ १४ । नेत्र विक्रम चन्द नेतृत्वको नकपा धादिङले संगठन सुदृढ अभियानको क्रममा धुनिबेसी नगरपालिकामा पुनरनिमार्ण मजदुरको भेला सम्पन्न गरेको छ ।
आईतबार मात्र जिल्ला भेला सम्पन्न गरेको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ धादिङले आज पुनरनिमार्ण मजदुरको भेला सम्पन्न गरेको हो । भेलाले धुनिबेसीमा अजयरामको अध्यक्षतामा ७ सदस्यीय पुनरनिमार्ण मजदुर संघ गठन गरेको हो ।
जनताको आशा र भरोसा विप्लव नेतृत्वको नेकपा भएकोले हाम्रो मजदुर आन्दोलनले सार्थकता यहि पार्टीको आन्दोलनबाट सम्भव भएकोले हामी संगठित भएका हौ हाम्रो संगठन नामकाजी हैन काम काजी हुने छ हिजो मात्र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ धादिङको अध्यक्ष बनेका त्रिचन्द्र देवकोटा इच्छुकले धादिङपोष्टलाई बताए ।
