क्रान्तिकारी ट्रेड युनियन महासंघ धादिङमा -इच्छुक

Avatar photo
Dhadingpost
माघ १३, २०७५

धादिङ माघ १३ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा धादिङको मजदुर संगठनको जिल्ला भेला सम्पन्न भएको छ । आईतबार सम्पन्न भेलाले अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ धादिङको अध्यक्षमा इच्छुकको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

नेकपा धादिङका नेता तथा कार्यकर्ताहरु उपस्थिति रहेको उक्त मजदुर भेला धादिङ विभिन्न क्षेत्रमा मजदुरी गर्ने मजदुरहरुको उलेख्य सहभागिता रहेको थियो ।

भेलामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ पश्चिम ताम्सालिङ ब्यूरो इन्चार्ज पुरणले मुलुक गम्भीर मोडमा पुगेको बताउँदै जनयुद्धको उपलब्धीलाई दलाहरुको पंजाबाट फुत्काउनु पर्ने बताएका थिए ।

एकीकृत जनक्रान्ति जनताहरुको बीचमा समेत लोकप्रिय बन्दै गहि रहेको बताउँदै धादिङ पार्टीले जिल्लामा गरेको गतिविधी प्रशंषनिय रहेको समेत बताएका थिए ।

नेकपा धादिङका सेक्रेटरी बुद्ध भन्दछन् धादिङमा संगठन सुदृढिकरण अभियान चलाई रहेका छौ, यो महिना भर जिल्लाका सबै स्थानीय तहमा पार्टी कमिटि निमार्ण गरि सक्छौं, जसले गर्दा जनताका समस्याहरु हामी कहाँ आउन सहज हुने छ ।