धादिङ माघ १२ । धादिङको उच्च पहाडी भेगमा बाक्लो हिमपात सँगै जनजीवन प्रभावित बनेको छ ।
शुक्रबार उत्तरी धादिङकाे तिप्लिङ्ग, सेर्तुङ्ग, झार्लाङ्ग, दार्खा, लापा, रीगाउँ, सत्यदेवी, बसेरी, सेम्जोङ्ग र बुढाथुम गाविसकाका अधिकांश गाउँवस्तीहरु बाक्लो हिउँ परे सँगै जनजीवन प्रभावित बनेकाे हाे ।
अघिल्लो हप्ता परेको हिमपात वस्ती नजिकैका लेकपाखामा भएपनि शुक्रबार देखि वस्तीमै परेको छ । वस्तीमा २ देखि तीन फिट बाक्लो हिउँ परेको छ ।
वर्षासगै परेकाे हिउँले वस्तीमा चौंरीलाई दिने घाँस धेरै छैन, आफूले खाने मकैको पिठो उमालेर नुन हालेर चौंरीलाई थेग्नु परेको छ, चारैतिरको बाटो अवरुद्ध भएको छ, किसान दिनेश घलेले बताए ।
हिमपातले गहुँ, जौं, कोदो र आलु लगायत खाद्यन्न तथा फलफूललाई समेत क्षति पुर्याएको तिप्लिङ्गका चौंरीपालक किसान जस थापाबताउँछन् ।
कृषि ज्ञान केन्द्र, धादिडका केशव देवकोटाका अनुसार उत्तरी भेकको हिमपातले स्थानीय बालीनालीको उत्पादन बढनेछ । उपल्लो वस्तीमा हिमपात भइरहँदा तल्लो वस्तीमा भने चिसो बढेको छ । वर्षासंगै शीतलहर र तुवालोका कारण लवदुंग, तिप्लिङ्ग, हिन्दुङ्ग, लिन्जो, लापा ठूलोगाउँ, कपुरगाउँ लगायतका वस्तीमा शीत जमेकाे छ ।
