गंगा जमुना पर्व मंसिर २ गते हुँदै (फोटो फिचर)

Avatar photo
Dhadingpost
कार्तिक ३०, २०७५

कृष्ण रानामगर,
धादिङ कार्तिक ३० । धादिङ जिल्लाको पर्यटन गन्तव्यका रुपमा विकसित हुँदै गरेको गंगानमुना झर्ना मेला मंसिर २ गते हुँदैछ ।

हरेक वर्ष कार्तिक शुक्ला दशमी तिथिमा हुने विशाल मेला यस वर्ष मंसिर २ गरेको परेको हो ।

फुलखर्क, गुम्दी, रि, लापा, सेर्तङ, मान्बु, सेर्तुङबास, केरौजा, चिसापाी सँग रसुवाको लदाम, चिलिमे, लाङ्टाङ सँग जोडिन पुगेको गणेश पर्वत श्रृङ्खलाको १८०० मिटर उचाईमा रहेको छ ।

रुबी अर्थात बहुमुल्य पत्थरको पर्वतका रुपमा हेरिएको गणेश पर्वत श्रृङ्खलामा रहेको यस झर्ना पर्यटन, धार्मिक, साँस्कृतिक रुपमा महत्वपूर्ण रुपमा लिइन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य गंगा जमुना झरना माथि रहेको प्राकृतिक भ्यूटावर जहाँबाट धादिङको सबै गाउँपालिका वर्डा, गोरखाको उत्तरी क्षेत्र, नुवाकोट रसुवाको अधिकाँश भुभाग, गणेश हिमाल र काठमाडौको चन्द्रीगरी देख्न सकिन्छ ।

गंगा जमुना झरनाको महत्वः

धार्मिक विश्वास अनुसार गंगा जमुना रहेको गणेश पर्वत श्रृखङ्ला गणेश शिव पार्वतीका पुत्र हुन् । शिव पार्वतीको निवास स्थान कैलाश पर्वत र गणेशको निवास स्थल यहि यहि हो भन्न परम्परा छ ।

ऋषि मुनिहरुको पवित्र तपो भुमिको रुपमा वर्णित यस सुरभ्य भुभागमा गंगाजमुना, तातोपानी जइसल कुण्ड लगायत तीर्थस्थलहरु प्राचीनकाल देखिनै श्रद्धा र विश्वास रहि आएको छ ।

गंगा जमुना झर्ना नजिकै अर्को धारा छ, जसलाई स्थानियहरु कुकुर धारा भन्ने गर्छन् । यस धारा गणेशको आँशुबाट बगेको यसमा कीट नाशक गुण समेत भएको विश्वास गरिन्छ । उक्त कुकुर धारामा नुहाए कुकुर वा जीव जन्तुले टोकेको विष हटेर जान जन विश्व रहि आएको छ ।

गंगा जमुना झर्ना २ हजार ८ सय मीटरको उचाईमा रहेको पहरोबाट खसेर १ हजार ८ सय मिटर उचाइमा रहेका तिर्थालुहरु जम्मा हुने सभा क्षेत्र आईपुगेको छ ।

१ हजार मिटर माथीबाट एकै पटक खस्दा पानीले झर्नाको रुप लिई पानीको थोपाहरु हावामा बयेली मोतीको दाना झै टल्कदै झरेको दृष्य पर्यटकहरुका लागि आकर्षक बन्ने गरेको स्थानीयहरु बताउँछन् ।

गंगा जमुनालाई हिमालय पुराणमा दिदी बहिनीको रुपमा वर्णन गरिएको पाईन्छ । यसै झर्ना मिसिएर भारतमा पुगी प्रसिद्ध गंगा नदी बनेको र यहाँको गंगा जमुनाले जस्तै त्याहा गंगा र यमुनाले प्रसिद्धि कमाएको बताईन्छ ।

यस वर्ष पनि विशाल साँस्कृतिक कार्यक्रमको आयोजना गरि मेला सम्पन्न गर्न स्थानियहरु तयारीमा जुटेका छन् । (फाईल फोटो)