
धादिङबेसी असोज २५ । धादिङबाट यूएईमा गएर विभिन्न पेशा व्यवसाय गरि रहेका व्यक्तिहरुको साझा संस्था धादिङ समाज युएईको टोली धादिङबेसी आईपुगेको छ ।
धादिङ जिल्लामा रहेका ९० वटा स्वास्थ्य संस्थालाई असोज २६ गते दिनको १२ बजे जिल्ला समन्वय समितिको हलमा एक विशेष कार्यक्रम गरि नेबुलाईजर हस्तान्तरण गर्न धादिङ समाज यूएईको टोली धादिङ आईपुगेको हो ।
दमका बिरामीले स्थानिय स्तरमै सेवा प्राप्त गर्न सकुन्, नेबुलाईजर नभएकै कारण कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यको साथ हामी युएईमा रहेका धादिङगेहरुले खर्च कटौती गरेर संकलन गरिएको रकमबाट खरिद नेबुलाईजर, हरेक स्वास्थ्य संस्थामा पुर्याउने अभियान असोज २६ गते १२ बजे पुरा गर्दै छौं समाजका अध्यक्ष योगेन्द्र थापाले धादिङपोष्टलाई बताए ।

