भदौ १४ । बदाम खानु शरीरका लागि निकै फाईदाजनक हुन्छ । बदाम वनस्पतिक प्रोटिनको भरपुर श्रोत पनि हो। सँधै बदाम खानुका धेरै फाईदा छन् ।
तर यी फाईदाका बारेमा स्वयम् खाने ब्यक्तिहरुलाई पनि थाहा हुँदैन । बदाममा दूध र अण्डाको तुलनामा धेरै प्रोटिन हुन्छ ।
बदाममा भिटामिन ई, भिटामिन के र भिटामिन बी ६ पाइन्छ । यी पोषणहरुको फाइदा लिन प्रत्येक दिन रातो छिल्का भएको कम्तीमा पनि २० दाना बदाम खानुपर्छ ।
बदामका फाइदाहरु यसप्रकार रहेका छन्ः
बदाममा तेलको अशं हुने भएकाले पेट सम्बन्धी रोगहरु निको पार्छ। यसको दिनहुँ प्रयोगले ग्यास र एसिडीटिको समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ ।
यसको नियमित प्रयोगले भोक नलाग्ने समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ। यसका साथै फोक्सोलाई पनि यसले मजबुत बनाउँछ ।
गर्भवती महिलाहरुलाई पनि यसले फाइदा पुर्याउँछ। यसले गर्भमा रहेको शिशुको विकासमा पनि मदत गर्छ ।
बदामको प्रयोगले कलेस्ट्रोललाई नियन्त्रण गर्न पनि मदत गर्छ। एक हप्तामा पाँच दिन केही बदाम खानाले मुटुको रोगहरुबाट पनि टाढा रहन सकिन्छ ।
खाना खाईसके पछि ५० वा १०० ग्राम बदाम खानाले खाना सजिलै पाचन हुन्छ र शरीरमा रगतको कमी पनि हुँदैन ।
यसको प्रयोगले छाला र हाडलाई पनि फाइदा पुर्याउँछ ।
प्रत्येक दिन केही बदाम खानाले महिला र पुरुषको हर्मोनहरु सन्तुलनमा रहन्छन् ।

