भिटामिन डी युक्त आहाराले बालबालीकाको कोलस्ट्रोल कम गर्न सहयोग

Avatar photo
Dhadingpost
भदौ ५, २०७५

एजेन्सी, भाद्र ५ । भिटामिन डी युक्त आहाराले बालबालिकाको कोलस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्ने एक नयाँ अनुसन्धानले पत्ता लगाएको छ ।

यसले मुटु सम्बन्धी रोग र त्यससँग जोडिएका अन्य जोखिमका कारकहरुलाई नियन्त्रण गर्ने पनि अनुसन्धानले देखाएको छ ।

तर शोधको अनुसार जुन बालबालिकामा भिटामिन डीको स्तर ८० एनएमओएल भन्दा ज्यादा हुन्छ तिनीहरुमा ५० एनएमओएल भन्दा कम भिटामिन स्तर भएका बालबालिकाहरुको तुलनामा लोअर लो डेंसिटी लिपोप्रोटीन एलडीएल वा नराम्रो कोलेस्ट्रोल स्तर हुन्छ । ५० एनएमओएललाई भिटामिन डीको पर्याप्तताको सीमा मानिन्छ ।

यस शोधलाई जर्नल अफ क्लिनिकल एन्डोक्राइनोलोजी एण्ड मेटाबोल्जिममा प्रकाशन गरिएको थियो । यसमा इस्टर्न फिनल्याण्ड विश्वविद्यालयका शोधकर्ताहरुले करिब पाँच सय बालबालिकाहरुमाथि अध्ययन गरेको छ । ती बालबालिकाहरुको उमेर छदेखि आठको बीचमा थियो । भिटामिन डीलाई हड्डी बलियो बनाउनका लागि जरुरी मानिन्छ ।

शोधमा स्वस्थ आहार, शारीरिक गतिविधि र खुल्ला स्थानमा समय बिताउनाले शरीरमा भिटामिन डीको मात्रा बढ्ने बताइएको छ । आहारमा भिटामिन डीको केही प्रमुख स्रोतहरु दुग्ध वस्तु, माछाहरु हुन् ।