काठमाडौं, साउन २७ । चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने भएको छ ।
यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए वा अंगभंग भए चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो ।
सरकारले ल्याउन लागेको उक्त कानुनविरुद्ध चिकित्सकरू एकढिक्का भएका छन् । नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले तत्काल ऐन सच्याउन सरकारसमक्ष माग गरेका छन् ।
अब उपचारमा लापरवाही गरी बिरामीको ज्यान गए वा शरीरमा कुनै क्षति पुगे उपचारमा संलग्न चिकित्सकले जन्मकैद सजाय भोग्नुपर्नेछ । यो व्यवस्था भदौ १ बाट लागु हुनेछ ।

