हतियार देखाएर २५ लाख ६० हजार लुटपाट

Avatar photo
Dhadingpost
साउन २५, २०७५

लहान, साउन २५ । सिरहाको मिर्चैया नगरपालिका – ३ राघोपुर तीन गछियाबाट लुटेराको एक समूहले हतियार देखाई रु २५ लाख ६० हजार नगद लुटेर फरार भएको छ।

बैंकबाट रकम झिकेर सञ्चालक साह एक्लै मोटरसाइकलबाट आफ्नो मनि ट्रान्सफरतर्फ जाँदै गरेको अवस्था सो घटना भएको प्रहरी नायब उपरीक्षक साहले बताए ।

मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट रकम झिकेर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनी ट्रान्सफरतर्फ जाँदै गरेको अवस्थामा राघोपुरस्थित तीनगछियामा दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले हतियार देखाई उक्त रकम लुटेर लगेको पीडित मनी ट्रान्सफरका सञ्चालक राजाराम साहलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र साहले जानकारी दिए ।