१३ वर्षिया बालकको पौडी खेल्ने क्रममा मृत्यु

Avatar photo
Dhadingpost
साउन २४, २०७५

झापा, साउन २४ । झापा जिल्लाको शिवसतासी नगरपालिका वडा नं. ८ का १३ वर्षिया बालक आशिष तामाङको पौडी खेल्ने क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार घरदेखि ५०० मिटर दूरीमा रहेको खाल्डोमा जमेको पानीमा पौडी खेल्न गएका आशीष डुबेका थिए ।

पौडी खेल्ने क्रममा सख्त घाइते भएका तामाङलाई उपचारको क्रममा लाइफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको बुधवार दिउँसो मृत्यु भएको हो ।