
धादिङ साउन २० । गजुरी गाउँपालिका वर्डा नं २ मा बहिनीलाई बलत्कारआरोपमा दाजु विरुद्ध आज धादिङबेसी स्थित जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएको छ ।
२० वर्षिय दाजुले १५ वार्षिय बहिनीलाई बलत्कार गरेको घटना त्यो बेला मात्र सार्वजनिक भयो जव ति बालिका रुदै गजुरी प्रहरीकोमा आईपुगिन र घटनाको सम्पूर्ण जानकारी दिईन् ।
उक्त घटना बाहिर आए सँगै महिला अधिकारको क्षेत्रमा काम गर्दै आई रहेको सहयात्री समाज नेपाल धादिङले ति बालिकालाई सहयोग गर्दै जिल्ला प्रहरी धादिङमा साउन २० गते मुद्धा दर्ता गर्न सफल भएको सहयात्री समाज नेपाल धादिङले जनाएको छ ।
बलत्कार गरेको आरोपित दाजुलाई भने प्रहरीले केहि दिन पहिला नै नियन्त्रणमा लिई सकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
