एजेन्सी, साउन ७ । क्यानडाको टोरन्टोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक महिलाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
आक्रमणको कारण अहिलेसम्म खुलेको छैन । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनास्थल वरपरबाट मानिहरुलाई हटाएको छ ।
स्थानीय समय अनुसार आइतबार राति डानफोर्थ र लोगन एभिन्युमा घटना भएको हो । घाइते मध्ये एक किशोरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले प्रत्यक्षदर्शीसँग घटनाका बारेमा आफूले देखेका कुराबारे बताउन आह्वान गरेको छ ।
