१२ जना शिक्षकको तलब कट्टा

Avatar photo
Dhadingpost
साउन २, २०७५

अछाम, साउन २ । गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत १२ जना शिक्षकको तलब एकसय ३३ दिन बराबरको तलब कट्टा गरिएको छ ।

शिक्षकहरुको गैरजिम्मेवार क्रियाकलापका कारण विद्यालयहरुको नियमित पठनपाठन बाधा पुग्न गइ बालवालिकाहरुको शिक्षा पाउनबाट बञ्चित हुनुपर्ने भएकोले आफुले यस्तो कदम चाल्न बाध्य भएको अध्यक्ष खड्काको भनाई छ ।

अध्यक्ष खड्का अनुसार सामुदायिक विद्यालयको गुणस्तर बढाउन आगामी दिनमा सरकारी कर्मचारीले आफ्ना बालवालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने प्रावधानको प्रयासमा रहेको बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष लगायतका जनप्रतिनिधिहरुको अनुगमन तथा मूल्यांकनका क्रममा विदा स्वीकृत नगरी अनुपस्थिति भएकोले तलब कट्टा गरिएको हो ।

तलब कट्टा हुनेहरुमा सरस्वती माध्यामिक विद्यालयका, नन्दा माध्यामिक विद्यालय र कालिका आधारभूत विद्यालयमा कार्यरत रहेका शिक्षकहरुको तलब कट्टा गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

तलब कट्टाप्रति शिक्षकहरुले भने विरोध जनाउँदै तलब कट्टाको निर्णय फिर्ता माग गरेका छन् ।

निर्णय नसच्चाएमा आफुहरु आन्दोलनमा जाने समेत चेतावनी दिइएको छ । अनुपस्थित हुने शिक्षकको तलब कट्टासंगै आर्थिक बर्ष २०७४÷०७५ मा विद्यालयमा सबैभन्दा बढी उपस्थित हुने एक जना शिक्षक र एकजना शिक्षिकालाई २५÷२५ हजार सहित पुरस्कृत गरिने अध्यक्ष खड्काको भनाइ छ ।