स्वास्थ्य सेवा अवरुद्ध नगर्न चिकित्सकहरुलाई आग्रह

Avatar photo
Dhadingpost
असार ३१, २०७५

काठमाडौं, असार ३१ । सरकारले बाढी पहिरोलगायतका प्राकृतिक विपत्तिका समयमा स्वास्थ्य सेवा अवरुद्ध नगर्न चिकित्सकहरुलाई आग्रह गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेवा प्रवाह रोकिएमा अत्यावश्यक सेवासम्बन्धी कानुन र चिकित्सक आचारसंहिता बमोजिम कार्बाही गर्ने समेत मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयले विचाराधीन विधेयकलाई आवश्यक छलफल गरी निचोडमा पुर्‍याउन सरकार तयार रहेको भन्दै यस्तो अवस्थामा अनशन आवश्यक नरहेको विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तीमा सरकारले सदनमा पेस गरेको विधेयक ०७२ मा उच्चस्तरीय सुझाव कार्यदलले दिएको सिफारिसकै आधारमा रहेको दाबी गरिएको छ ।

सरकारले चिकित्सा शिक्षा सुधारका सरकारी कदममा सहयोग गर्न पनि आन्दोलनरत पक्षलाई आग्रह गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तीमा सरकार अनशनतरत डा. गोविन्द केसीले उठाएको मुद्दामा गम्भिर रहको भन्दै सरकारलाई सहयोग गर्न समेत केसीलाई आग्रह गरिएको छ ।