अमेरिका र चिन धनी देशको सूचीमा परेनन्

Avatar photo
Dhadingpost
असार २४, २०७५

एजेन्सी, असार २४ । विश्वमा धनि देश भनेर अमेरिका र चिनलाई चिन्छि । अहिलेसम्म धनि देशको रुपमा पनि चिन र अमेरिकालाई नै मानिएको छ ।

यसरी हेर्दा कतार, मकाओ, लक्जमबर्गपछि सिङ्गापुर, ब्रुनाई र कुबेत सबैभन्दा धनी देशको सूचीमा पर्दछन् । यी देशहरु पछि सूचीमा संयुक्त अरब इमिरेट्स (यूएई), नर्बे, आयरल्याण्ड र स्वीजरल्याण्डको नाम आउँछ । तेल र प्राकृतिक ग्याँसको विशाल भण्डार भउको देश कतार धनी देशको सूचीमा सबैभन्दा माथि छ । विगत केही वर्षदेखि कतार धनी देशको सूचीको पहिलो नम्बरमा छ । यद्यपि २०१३ र २०१४ मा मकाओ कतारभन्दा अगाडि थियो । तर सन् २०१५ मा दोस्रोपटक यो दोस्रो स्थानमा झरेको छ ।

यद्यपि माथि भनिएका सबै कुराहरु ठीक हुन् । तर केही अर्थशास्त्रीहरु अर्थ व्यवस्थाको शुद्धतालाई हेरेर धनी पत्ता लगाउँछन् । त्यसका लागि उनीहरु कुनै देशका नागरिकको क्रय क्षमतालाई हेर्दछन् । साथै अलग–अलग देशका अलग–अलग नागरिकको क्रय क्षमतामा कति समानता छ भनेर पनि जाँच्ने गर्दछन् ।

कुन देशलाई सबैभन्दा धनी भनि कसैले प्रश्न गरे भने पनि जोकोहीले पहिला अमेरिकाको नाम लिन्छन् । अनि चिनको तर, अब यो उत्तर नमिल्ने भएको छ ।

विश्व बैंकको तथ्याङ्कअनुसार दक्षिण अफ्रिका, हाइटी र होन्डुरस विश्वको सबैभन्दा असमान देशको सूचीमा छन् । यी देशपछि कोलम्बिया, ब्राजिल, पनामा, चिली, रुवान्डा, कोस्टारिका र मेक्सिकोको नाम आउँछ । वास्तवमा ल्याटिन अमेरिका र क्यारेबियन विश्वका सबैभन्दा असमान क्षेत्र हुन् । यी पछि सब–सहारा अफ्रिकाको नाम आउँछ ।

सबैभन्दा धनी देशको सूची बनाउनका लागि प्रयोग गरिने जीडीपी विधिबाट हेर्दा अमेरिका र चिन भन्दा अन्य देश धनि देखिएको छ । जीडीपीको अर्थ यो हो कि कुनै अर्थ व्यवस्थामा हरेक वर्ष कूल कति सामान र सेवाको उत्पादन हुन्छ । यो धनलाई त्यहाँ रहने जनसंख्यालाई भाग गर्ने हो प्रतिव्यक्ति आय निस्किन्छ ।