मौद्रिक नीति आउन अझै समय लाग्ने

Avatar photo
Dhadingpost
असार २२, २०७५

काठमाडौ, असार २२ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीति आउन अझै समय लाग्ने बताएको छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति आउन अझैं समय लाग्ने बताएका हुन्।

त्यस्तै आउने आर्थिक वर्षको बजेटले लिएको ८ प्रतिशत आर्थिक वृद्धिद्धरको लक्ष्य भेटाउन गाह्रो नरहेको समेत उनले बताए । ‘बजेटले लिएको आर्थिक वृद्धिदर ८ प्रतिशतको लक्ष्य हासिल गर्न कुनै समस्या छैन’ उनले भने, ‘निरन्तर दुई वर्षदेखि मुलुकले ६ प्रतिशत भन्दा बढीको आर्थिक वृद्धिदर हासिल गरिरहेकाले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर १२ देखि १३ प्रतिशतसम्म हासिल गर्न सकिने आवस्था रहेको छ, ।’

मेडिया इन्टरनेश्नलले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले मौद्रिक नीतिका विषयमा आवश्यक तयारी पुरा हुन नसकेकोले तत्काल मौद्रिक नीति नआउने बताए। यसअघि यही हप्ता आउने भनिएपनि आवश्यक तयारी नपुगेकाले असार अन्तिमसम्म मौद्रिक नीति आउने उनको भनाई छ।

आर्थिक वृद्धिदरको सम्भावना भएपनि सो वद्धिदर कायम राख्ने चुनौती रहेको उनको भनाई थियो । त्यस्तै उनले राष्ट्रिय अर्थतन्त्रलाई जोड्ने व्यापार घाटा समेत कम गर्ने चुनौती आफुहरु सामु रहेको बताए ।