ग्याङ फाइट हुँदा एकको मुत्यु

Avatar photo
Dhadingpost
असार १९, २०७५

काठमाण्डौं, असार १९ । धरानमा सोमबार राति दुई समूहबीच ग्याङ फाइट हुँदा २७ वर्षीय अमितकुमार राईको मृत्यु भएको छ ।

धरान–१३ स्थित फुस्रेमा उनीहरुबीच ग्याङ फाइट हुदा मृतक राईको पेटमा छुरी प्रहार भएको थियो । आक्रमणमा संलग्नमध्ये एकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

दुई समूहबीच भएको ग्याङ फाइटमा छुरा प्रहारबाट धरान–१ का २७ वर्षीय अमितकुमार राईको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । सो घटनामा धरान–१३ का सुवर्ण राई घाइते भएका छन् । घाइतेको सोही प्रतिष्ठानमा उपचार भैरहेको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका प्रहरी पोष्ट प्रमुख सइ तिलक गिरीले जानकारी दिए ।