काठमाण्डौं, असार १९ । आइतबार साँझदेखि शुरु भएको पर्षाले नेपालगञ्जबाट कर्णली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सेवा ठप्प भएको छ ।
नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् । हुम्लाका लागि उडान नहुँदा ५०० भन्दा बढी भारतीय तीर्थयात्रीहरु अलपत्र परेका छन् । कर्णालीबाहेक काठमाण्डौंको उडान मात्र नियमित रहेको सो कार्यालयले जनाएको छ ।
आइतबार साँझदेखि शुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सोमबारदेखि बन्द रहेको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताए ।
