कारागारबाट हेलिकप्टर चढेरगुण्डा नाइके फरार

Avatar photo
Dhadingpost
असार १८, २०७५

एजेन्सी असार १८ । फ्रान्समा कुख्यात गुण्डा नाइके ४६ वर्षीय फेड पेरिसको कारागारबाट हेलिकप्टर चढेर फरार भएका छ ।

पछिल्लो समय उनी सेन इट मर्न कारागारमा २५ वर्षको जेल सजाय काटिरहेका थिए ।

सन् २०१३ मा उत्तरी फ्रान्सको कारागार पुगेको आधा घण्टामा उनी मानव ढालको सहारामा भाग्न सफल भएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

हतियारले सुसज्जित तीनवटा हेलिकप्टर कारागारभित्र अवतरण गराइ त्यसैमा चढेर ४६ वर्षीय फेड भागेको अधिकारीहरुले जनाएका छन् ।

नजिकैको वाउरगेट क्षेत्रतर्फ उडेको हेलिकप्टर पछि जलेको अवस्था स्थानीय प्रहरीले फेला पारेको थियो ।

फ्रान्सको अपराध दुनियामा चिर्चित फेड शृंखलाबद्ध रुपमा भएका लुटका घटनाका संलग्न भएको अपराधमा जेल सजाय भोग्दै आएका थिए ।