बाँके, असार १८ । अबिरल वर्षाको कारण बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ ।
बजार र ग्रामिण बस्ती नै डुबानमा परेपछि स्थानीयबासीको दैनिकी प्रभावित भएको छ । यातायात आवामन र व्यवसाय प्रभावित भएको स्थानीयबासीले बताएका छन् । स्कुल कलेज जाने विद्यार्थी, कर्मचारी र कामविशेषले घर बाहिर जानुपर्नेहरु समस्यामा परेका छन् ।
प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बाँकेको डुडुवा, राप्तीसोनारी र नदी आसपासका नागरिकलाई अग्लो तथा सुरक्षित स्थानको खोजी गर्न आग्रह गरिएको बताए ।
