
धादिङ असार १८ । धादिङ समाज युएईले धादिङ जिल्लाका सबै स्वास्थ्य संस्थाहरुलार्इ नेबुलाइजर मेसिन निःशुल्क वितरण गर्ने भएको छ ।
दमका रोगिहरुलार्इ स्वासप्रस्वासमा निकै गाह्रो हुने र नेबुलाइजरको अभावले कतिपय विरामीहरुको मृत्यू समेत भएको पाइएकाले जिल्लाका सबै स्वास्थ्य चौकी र उप स्वस्थ्य चौकीमा निशुल्क नेबुलाइजर प्रदान गर्न लागिएको धादिङ समाज युएईका अध्यक्ष योगेन्द्र थापाले धादिङपोष्टलाई बताए ।
धादिङ घर भएई युएईमा कार्यरत धादिङ्गेहरुको संस्था धादिङ समाज युएईले जिल्लाका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आई रहेको छ हामी अब १ स्वस्थ्य संस्था १ नेबुलाइजरको अभियानमा छौ अध्यक्ष थापाले बताए ।
०७५ साउन देखि भदौ सम्म जिल्लाका सबै स्वस्थ्य संस्थामा नेबुलाइजर पुर्याउने लक्ष्य राखेको धादिङ समाज युएईले हाल नेबुलाइजर खरिदका लागि सहयोग संकलन जारी राखेको छ ।

