२४ तारिखदेखि महिला ड्राइभिङ प्रतिबन्ध हट्दै

Avatar photo
Dhadingpost
असार ६, २०७५

एजेन्सी, असार ६ । साउदी अरबमा आउँदो जून २४ तारिखदेखि महिला ड्राइभिङमाथिको प्रतिबन्ध हट्दैछ । यसको उपलक्ष्यमा महिला कर्मचारीलाई ड्राइभिङ सिकाइरहेको छ ।

महिलालाई ड्राइभिङका साथै, तेलको स्तर जाँच्ने, टायर परिवर्तन गर्ने र सिट बेल्ट लगाउने बारे सिके ।

रोयटर्सका फोटोग्राफर अहमद जादाल्ला र रिपोर्टर रानिया एल गामालसहित धाहरानस्थित साउदी आराम्को ड्राइभिङ सेन्टरमा दुई सय महिला कर्मचारीले गाडी सिके ।