ट्रम्पले किमलार्इ अमेरिका भ्रमणाको निम्तो दिने

Avatar photo
Dhadingpost
जेष्ठ २५, २०७५

वासिंटन, जेठ २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जुन १२ मा सिंगापुरमा हुने एेतिहासिक भेटवार्ता फलदायी भएमा ट्रम्पले किम जोग उनलार्इ अमेरिकाको भ्रमणाको निम्तो दिने बताएको छ ।

उत्तर कोरियाले परमाणु कार्यक्रम छाड्नुपर्ने अमेरिका लगायतका मुलुकहरूले बताउँदै आए पनि यो एक बैठकबाट सम्भव नहुने र यसका लागि लामो समय लाग्न अमेरिकाले बताउँदै आएको छ ।जापानी प्रधानमन्त्री आबेले भने आफ्ना केही नागरिकलाई बन्धक बनाएको विषयमा उत्तरकोरियासँग सिधा कुरा गर्न चाहेको बताएका छन् । उत्तर कोरियाले १९७० र १९८० को दशकमा थुप्रै जापानी नागरिकलाई अपहरण गरेको थियो ।

उनीहरूबीचको भेटवार्ता नै कोरियाली युद्ध अन्त्यका लागि एक सम्झौता भएको ट्रम्पले बताए। भेटवार्तापछि के हुन्छ भन्ने विषयले पनि महत्व राख्ने उनले उल्लेख गरे ।